काठमाडौं । सरकारले छ वटा जिल्लामा महिलालाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ। भक्तपुरमा हुमकला अधिकारी, रामेछापमा लिलाकुमारी केसी पाण्डे, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराइलाई सिडिओ खटाइएको हो।
सरकारले यसै मंसिर १४ गते भएको उपनिर्वाचनपछि भक्तपुरमा सहसचिव हुमकलालाई सिडिओ नियुक्त गरेको थियो। यससँगै महिला सिडिओको सङ्ख्या छ पुगेको छ।
यस्तै, सहायक महिला सिडिओहरूमा काभ्रेमा लक्ष्मीदेवी खतिवडा हुमागाईं, सोलुखुम्बुमा लक्ष्मिकुमारी शाही, सिन्धुलीमा विजयाकुमारी प्रसाईं, रसुवामा सपनाकुमारी भट्टराई र डोल्पामा लक्ष्मीदेवी शर्मा कार्यरत छन्।