काठमान्डौ : आउने मंगलबार र बुधबार चार घण्टा कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको मुख्य लेनमा सवारी साधन चलाउन नपाईने भएको छ । साग खेलकुदमा यी दुई दिन यस सडक खण्डमा साइक्लिङ हुने भएकाले मुख्य लेनमा सवारी चलाउनका लागि रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिनुभयो ।
मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाउँदैे दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिईको ट्राफिक प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार विहान ११ बजेदेखि ३ बजेसम्म सो सडक खण्डको मुख्य लेनमा सवारी चलाउन पाइने छैन। मंगलबार र बुधबार यस सडकखण्डमा सवारी नचलाई वैकलि्पक सडक प्रयोग गर्न प्रहरीले सबैसँग आग्रह गरेको छ । प्रहरीले सर्वसाधारणलाई करिडोरको मार्ग प्रयोग गर्न भनेको छ ।