स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २९ औँ स्मृति दिवस आज

काठमान्डौ : स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २९ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाईँदै छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रम गर्न लागिएको हो ।

वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।
विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाउनुभ भएको छ । उहाँले आधुनिकसँगै डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् ।

उनहाँले गाएको …म त लाली गुराँस भएछुÚ, …एउटा मान्छेको मायाले कतिÚ, …लौ सुन म भन्छु मेरो राम कहानीÚ लगायतका गीत अहिले पनि उति्त नै चर्चामा रहेको छ । नारायणगोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मानबाट यो वर्ष गायक, गीतकार तथा गीतकार जगतमर्दन थापा र संगीतकार रञ्जीत गजमेरलाई सम्मानित गर्दैछ ।

आजर नारायणगोपालकै घरमा आयोजना हुने स्मृति दिवसको कार्यक्रममा दुई स्रष्ठालाई ताम्रपत्रसहित नगद २५ हजार प्रदान गरिने छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्धर्व सम्मानित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार