सोलु जलविद्युत आयोजनाद्धारा विद्युत् उत्पादन शुरु

काठमान्डौ ; अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लि.द्वारा निर्माण गरिएको २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ । आयोजनाको सबै काम सकेर विद्युतको परीक्षण उत्पादन गर्न थालेको हो ।

अब नेपाल विद्युत् प्राधिकरण र नेपाल विद्युत् विकास विभागका प्राविधिक आएर परीक्षण गरी पास गरेपछि नियमित प्रशारणमा जाने आयोजनाका प्रबन्धक मार्कण्डेय न्यौपानेले जानकारी दिए । उनका अनुसार हाल केन्द्रिय प्रशारण लाइनमा जोड्ने सोलु कोरिडोर निर्माण नभइसकेकाले वैकल्पिक रुपमा ३३ केभीए प्रशारण लाइनबाट लाम्माने–ओखलढुङ्गा–बुइपा–गाइघाट पठाउने योजना रहेको छ ।

सन् २०१० मा निर्माणका लागि ऊर्जा मन्त्रालयको अनुमतिपछि सन् २०११ बाट प्रारम्भिक काम शुरु गरी २०१४ बाट निर्माणको काम थालेको आयोजनाले सन् २०१८ भित्र निर्माण पूरा गर्ने लक्ष्य रहेपनि भूकम्प तथा आयोजना क्षेत्रको भौगोलिक अवस्थाका कारण एक वर्ष ढिलो सम्पन्न भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार