काठमाडौं : घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको अग्रता कायमै छ । आज साइक्लिङमा स्वर्ण जितेसँगै नेपालको स्वर्णपदक संख्या २७ पुगेको छ ।
कराँतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । १३ औं साग अन्तर्गत कराँते कुमुतेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् । उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई हराउँदै स्वर्ण पदक जिनेतकी हुन् । कराँतेमा मात्रै नेपालले १० स्वर्ण पदक आफ्नो पोल्टामा पारेको छ ।
यस्तै साइक्लिङको डाउनहिल तर्फ भएका महिला तथा पुरुष दुवै स्पर्धामा नेपाल विजयी भएको छ । महिलातर्फ निष्मा श्रेष्ठ स्वर्ण र जमुना थापा रजत पदक जित्न सफल भएका छन् । पुरुषतर्फ राजेश मगर स्वर्ण र निरज श्रेष्ठले रजत पदक हात पारे । दुवै खेलाडीले एक मिलोमिटरको दूरी क्रमश एक मिनेट ४९ सेकेण्ड र एक मिनेट ५० सेकेण्डमा पार गरे ।
त्यसैगरी उसुको थाउलोतर्फ दिपक अधिकारीले स्वर्ण पदक हात पारेका छन् । २७ स्वर्ण पदक सँगै नेपाल अहिले पदक तालिकाको शिर्षस्थानमा रहेको छ । नेपालले हालसम्म २७ स्वर्ण, १२ रजत र १७ कास्य गरी ५६ पदक जितिसकेको छ । माल्दिभ्स र भुटानले भने अहिलेसम्म १/१ पदक मात्र जित्न सफल भएका छन् ।