विगत ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

काठमाडौं । विगत ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहनुभएका ओलीले बालुवाटारमै आराम गर्ने मनशाय बनाएपछि डिस्चार्ज गर्ने तयारी गरिएको कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नुहुने छ । अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज नगर्ने अस्पतालको तयारी थियो ।

तर, प्रधानमन्त्री ओलीले अस्पतालमा बसिरहँदा गलत सन्देश जाने भनेर कर गरेपछि डिस्जार्ज गर्न लागिएको उपचारमा संग्लग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीलाई बालुवाटारमै चिकित्सकको निगरानीमा राख्ने तयारी भएको छ । आज बेलुका सम्ममा वा भोलि डिस्जार्ज गर्ने भन्ने बारे भने फाइनल भइनसकेको अस्तपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार