प्रचण्डकाे अध्यक्षतामा नेकपा सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा जारी छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकार पाएपछि पहिलोपटक सचिवालय बैठक बसेकाे हाे।

प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली यसअघि उपचारका लागि सिंगापुर गएका बेलामा पनि प्रचण्डले बैठक बोलाएका थिए। यही मंसिर ४ गते नेकपाले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको थियो। अहिले ओली भने अस्पतालमा उपचाररत छन्।

बैठक उपनिर्वाचनको समीक्षाको लागि बोलाइएको बताइएको छ। बैठकमा स्थायी कमिटी बैठकको मिति र एजेण्डाबारे छलफल हुने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार