हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिनभर देशको पूर्वी र मध्य क्षेत्रमा आंशिक र पशि्चमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद मंञ्जु बासीले बताईन् ।
मौसमविद बासीका अनुसार बुधबार राति देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।
देशभर चिसो बढ्ने क्रममा छ । आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेलि्सयस रहेको थियो ।