गढीमाई मेलामा आज साना पशुको बलि भइरहेको छ ।
गढीमाई स्थापना गर्नुभएका भगवान चौधरीका ११ औं पुस्ता शिव चौधरीले हिजो पञ्चबली दिएर बली खुला गरिएसंगै आज साना पशुपंक्षीहरुको बलि दिइएको हो ।
मेलामा दर्शनार्थीले भाकल पुरा भएपछि समितिलाई जिम्मा दिएका राँगाको बली हिजोबाट सुरु भएको हो ।
करीब ११ हजार राँगा समितिमा भाकल गरेकाहरुले बुझाएको राँगाहरु हिजै विभिन्न समुदायका मानिसहरुले प्रसादको रुपमा लगेका छन् भने आज चढाइने बोका, पाठा, हाँस, कुखुरा, परेवा स्वयं भाकल कर्ताले नै बलिपछि लैजाने गर्दछन् ।
आज पसाहा खोलादेखि गढीमाई मन्दिरसम्म नदी किनार तथा खेतमा दर्शनार्थीहरुले पशुबली जता पनि दिन मिल्ने व्यवस्था मिलाइएको छ ।
पाँच वर्षे मेलामा नेपाल र भारतका भक्तजनले पशुपंक्षी बलि चढाउने परम्परा रहिआएको छ ।