मंगलबार बिहान गुल्मीको ईश्मा देखि देवाली पुजाका लागि बाग्लुङ जाँदै गरेको जीप दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये १० जनाको सामूहिक दाहासंस्कार गरिएको छ ।
मंगलबार राती ईश्मा गाउँपालिका वडा नं ४ की सुचना कार्की, सिता कार्की, झवी कार्की, महेन्द्र कार्की, भूमि कार्की, मिना बस्नेत , धन बहादुर कार्की, बालिका अनुष्का कार्की वडा नं ५ की बसुन्धरा कार्की, वडानम्बर ३ की माया थापाको सामूहिक रुपमा दाहासंसकार गरिएको हो ।उनीहरुलाई ईश्मा गाउँपालिकाको हुलाके छल्दीमा सामूहिक रुपमा दाहासंस्कार गरिएको हो ।
मृतक मध्ये जीप चालक ईश्मा गाउँपालिका वडा नं ४ का रेशम थापाको आफनै संस्कारमा दाहासंस्कार गरिएको पारीवारीक स्रोतले जनाएको छ ।
यस्तै बागलुङको बडिगाड गाउँपालिका ५ की लक्ष्मी केसीको बडिगाडमै, नवलपरासी बर्दघाट नगरपालिका २ की मुना कार्की र कन्चनपुरका धन बहादुर कार्कीको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै सोही जीपमा सवार इश्मा गाउँपालिका वडा नं ४का ६५ बर्षिय धन बहादुर कार्की बेपता रहेको बताइएको छ ।
घाइते तीन जनाको काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।
जीप दुर्घटनामा ईश्माका ११ जनाको मृत्यु भएको र सिंगो गाउँनै शोकमा परेकाले गाउँपालिकाले आज शोक विदा दिएको छ ।
गाउँपालिका अन्र्तगत सम्पुर्ण कार्यलयहरु, शिक्षण संस्थाहरु बन्द गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।
साथै मृत आत्मको चिरशान्तीको कमना गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना समेत गरेको छ ।