भूकम्प पिडितलाई अन्तिम अवसर

काठमान्डौ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अझैसम्म अनुदान सम्झौता नगरेका भूकम्पपीडित लाभग्राहीलाई पहिलो र दोस्रो किस्ताबापतको रकम लिन समय थप गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने निर्णय गरेको हो । प्राधिकरणले गत असार २१ गतेसम्म सम्झौता नगरेका र असार मसान्तसम्म पनि पहिलो किस्ता नलिई बसेका लाभग्राहीलाई यस्तो अवसर दिएको हो ।

लाभग्राहीले घर पुनर्निर्माणको सुनिश्चितता गरी स्थानीय तहबाट सिफारिस ल्याएर जिल्ला आयोजना कार्यान्वयन इकाइबाट अनुदान प्राप्त गर्न सक्ने छन् । यसरी लाभग्राही कायम भएकाले पहिलो किस्ता आगामी पुस मसान्तभित्र र दोस्रो किस्ता माघ मसान्तसम्म लिइसक्नुपर्ने सर्त पनि प्राधिकरणले राखेको छ । प्राधिकरणले यसअघि सयमसीमा तोकी अनुदान सम्झौता गर्न र किस्ता लिन आग्रह गर्दै आएको थियो । दोस्रो किस्ता लिने समय कात्तिक मसान्तसम्म तोकिएको थियो । यसै विषयमा करिश्मा केसीले प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेसँग कुराकानी गर्नुभएको छ ।

भूकम्पपीडित लाभग्राहीलाई पहिलो र दोस्रो किस्ताबापतको रकम लिन फेरी समय थप गरिएछ किन ?
गएको जेठमा हामीले निजी आवास पुनर्निर्माणलाइ तिब्रता दिने उद्देश्यले केही समयसिमाहरु निर्धारण गरेका थियौैं । कहिलो किस्ता लिने समय अबधी हामीले असार मसान्त तोकेका थियौं । दोस्रो किस्ता लिने समय अबधी हामीले कात्तिक मसान्त तोकेका थियौं भने तेस्रो किस्ता लिने समय अबधी माघ मसान्त तोकेका थियौं । तर, अझै पनि केही लाभग्राहीले किस्ता लिन बाँकी भएको हुदाँ हामीले समय थप गरेका हौं ।

थप गरिएको समयानुसार अब लाभग्राहीहरुले कहिलेसम्म अनुदान लिइसक्नुपर्छ त ?
अहिले हामीले केही सर्तसहित किस्ता लिने समय अबधी थपेका छौं । विगतमा हामीले बिना सर्त समय थप्ने गरेका थियौं भने अहिले चाहीँ हामीले सर्त राखेका छौं । अहिले चाहीँ हामी पुनर्निर्माणको अन्त्यतिर रहेको र धेरैले घर निर्माण गरिसक्नु भएको र कतिपय नबनाउने खालको पनि हुनुभएकाले हामीले बारम्बार समय थपिरहँदा त्यस्तालाई बल नपुगोस् भनेर हामीले जो वास्तविक घर पुनर्निर्माण गर्ने हो उहाँहरुको हितलाई ध्यानमा राखेर पहिलो किस्ता लिने समय अबधी पौष मसान्त र दोस्रो किस्ता लिने समय अबधी माघ मसान्त सम्म थपेका छौं ।

सर्तहरु चाहीँ के–के रहेका छन् ?
सबैभन्दा पहिले त आफ्नो स्थानीय तहमा उहाँहरुले के कारणले ढिला भएको अर्थात समयमा किस्ता लिन सकीएन भनेर निवेदन दिनुपर्छ । त्यो संगै आगामी मसान्तसम्म मैले घर निर्माण सम्पन्न गर्छु भन्ने खालको एउटा प्रतिबद्धता जनाउनुपर्छ । अनि त्यसको आधारमा स्थानीय तहले उहाँहरुको त्यस कुराको सुनिश्चितता गर्छ । त्यसपछि त्यो हाम्रो जिल्ला कार्यान्वयन इकाईमा गईसकेपछि जिल्लाको सहजीकरण समितिमा पनि छलफल हुन्छ । छलफलमा त्यो सही हो भन्ने सहमति भयो भने मात्र उहाँहरुले अनुदान किस्ता पाउनुहुन्छ ।

यहाँहरुले पटक पटक समय थप गर्दा पनि लाभग्राहीहरु किस्ता लिन आइरहेका छैनन् । यो थप गरिएको समयभित्र पनि किस्ता लिन नआए के हुन्छ ?
हैन यस्तो छ । अहिले पुनर्निर्माणको गति हेर्ने हो भने निजी आवास पुनर्निर्माण तर्फ ६४ प्रतिशतले घर निर्माण सम्पन्न गरिसक्नु भएको छ भने २४ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छ । किस्तागत अवस्था हेर्ने हो भने ७९ प्रतिशतले दोस्रो किस्ता र ६७ प्रतिशतले तेस्रो किस्ता लिइसक्नु भएको छ । त्यसकारण यो दिनै बढ्ने क्रममा छ । हाम्रो आशा के छ भने जो साँच्चिकै घर बनाउने खालको हुनुहुन्छ उहाँहरुले यो पछिल्लो चोटी थप गरिएको समयभित्र नै अनुदान लिई घर बनाई सक्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ । यति हुँदाहुँदै अब पनि अनुदान लिनुभएन भने हामी उहाँहरुलाई लाभग्राही सूचीबाट हटाउँछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार