गढीमाई मेलामा राँगा बलि चढाउन कार्य सुरु

गढीमाई मेलामा मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ । पुजारी परिवारबाट तान्त्रिक बिधि अनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो ।

गढीमाईको बलीका लागि बोका, राँगा, परेवा, जंङ्ली मुसो, खरायो गरी पञ्चबली दिएपछि राँगा बली दिने चलन रहेको छ । मंगलवार दिनभरी राँगाको बली दिने तथा बुधवार बोका, हाँस, कुखुरा, परेवा लगायतको बली दिने कार्य हु्ने गढीमाईका पुजारी मंगल चौधरीले बताए।

नेपालमात्रै नभइ भारतबाट पनि बली चढाउन आउनेहरुको संख्या उल्लेख्य छ । प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाईको मेलामा मनोकामना पूरा भएपछि भाकल दिन यसरी राँगा, बोका, परेवा, मुसो, खरायो, कुखुरा लगायतको असँख्यमा बली दिन आउने गरेका छन् भने गढीमाईको दर्शन तथा मेला भर्न लाखौं भक्तजन आउने गरेका छन् ।

गढीमाई विकास समितिद्वारा बनाइएको रंङ्गशालामा सोमवार राती १२ बजेसम्म ३ हजार ४ सय ४१ राँगा बुझाएको थियो भने रंङ्गशाला बाहेक खुल्ला खेतमा श्रद्धालुहरूले आफै बली दिएका छन् । यसरी समिति तथा बाहिरको गरी करिब पाँच हजारबढी राँगाको बली चढाइएको समितिको सदस्यले बताउनुभयो । बली दिने कार्य अन्यलाई भने गलत लाग्ने गरेकाले बलीको सँख्या समितिबाट नै कम बताइने गरिन्छ ।
गढीमाई मेलामा हुने पशु बलीको बिषयलाई अन्य मुलुक तथा संघ संस्थाहरुले नकारात्मक प्रचारप्रसार गरेकाले उनीहरुलाई रोक्नुपर्छ भनी यसक्षेत्रमा बिरोध समेत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार