आजदेखि काठमाडौंमा एशियाली बौद्धिक अपांग महासंघको २४औँ सम्मेलन शुरू हुँदैछ।
सुस्त मनस्थिति भएका व्यक्तिको विकासका लागि कार्ययोजना तय गर्न सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष सचितानन्द श्रीवास्तवले बताए।
सुस्त मनस्थितिको अवस्था जटिल भएकाले विश्वमा विकास भइरहेको नयाँ प्रविधिसहितको शिक्षण प्रणाली, पुनःस्थापना र तालिका विधिहरू नेपालमा पनि भित्र्याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्ने सम्मेलनको अजेण्डा छ।
सम्मेलन २० मंसीरसम्म सञ्चालन हुनेछ।
सम्मेलनमा १४ देशका ३५० जनाको सहभागिता रहने सम्मेलनमा आफ्नो देशमा सुस्त मनस्थितिबारे भइरहेका प्रयासबारे प्रतिवेदन प्रस्तुत गर्ने छन्।
सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन्। रासस