हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन – मौसम पूर्वानुमान महाशाखा

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै भारतीय प्रायद्विपको मध्य भू–भागमा उच्च चापीय प्रणाली रहेकाले मौसम सामान्यतया सफा हुने मौसम विदहरुले जानकारी दिए ।
मौसम विदका अनुसार हाल स्थानीय मौसमी प्रणालीको प्रभावका कारण पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा छ ।
आज दिउँसो पूर्व र मध्यका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने जनाइएको छ । यस्तै पूर्वका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविदले बताएका छन् ।
यस्तै राति देशको पूर्व र मध्य पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा हुने जनाइएको छ । मौसम सफा रहे पनि चिसो भने देशभर बढ्दो क्रममा नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार