नेपाललाई लगातार स्वर्ण

१३ औँ दक्षिण एसियाली खेलकुद – साग अन्तर्गत कराँतेमा नेपालले शानदार सुरुवात गरेको छ। चार वटा स्पर्धा समाप्त हुँदासम्म नेपालले तीन स्वर्ण र एक रजत जितेको छ।
नेपालले पुरुष एकल काता, टिम काता र महिला टिम कातामा स्वर्ण जितेको हो। महिला एकल कातामा नेपालकी चन्चला दनुवार रजत पदकमा सिमीत भइन्। उनलाई पाकिस्तानकी खेलाडीले निराश बनाइन्।
मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण दिलाए। फाइनलमा उनले पाकिस्तानका खेलाडीलाई हराए। उनीसहितको तीन सदस्यीय नेपाली टोलीले नेपाललाई पुरुष टिम कातामा पनि स्वर्ण पदक दिलायो। नेपाली टोलीमा प्रविन मानन्धर र महसुस तामाङ थिए। उनिहरुले श्रीलंकालााई फाइनलमा हराएका हुन्।
महिला टिम काताको फाइनलमा नेपालले पाकिस्तानलाई हरायो। नेपाली टोलीमा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए।
दुवै टिम काता स्पर्धामा चार देशको सहभागिता रहेको थियो। कराँतको पहिलो स्पर्धामा चन्चला रजतमा सिमित भएपनि त्यसपछि नेपालले लगातार स्वर्ण जितेको थियो।
महिला एकल कातामा पाँच देश र पुरुष एकल कातामा चार देशको प्रतिस्पर्धा रहेको थियो। प्रतियोगिताको दोस्रो दिन कराँतेतर्फ ९ स्वर्ण विजेताको टुंगो लाग्दै छ।
यता तेक्वान्दोतर्फ नेपालका कमल श्रेष्ठ र सिना मादेन लिम्बुले स्वर्ण दिलाए। कृष्णबहादुर तामाङ रजतमा सिमीत भए। पुरुषको यू २९ पुरुष एकल पुम्सेमा कमल पहिलो भए।
यसैगरि पुरुष एकल पुम्सेकै यू(२३ स्पर्धामा नेपालका कृष्ण रजतमा सिमित भए। उता महिला एकल पुम्सेमा नेपालकी सिना मादेन लिम्बुले स्वर्ण जितिन्। तेक्वान्दोमा सोमबार १३ स्वर्ण विजेताको टुंगो लाग्दै छ।

पोखरामा भएको ट्रायथलनमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी छन्। ट्रायथलनतर्फ सोमबार दुई वटा स्वर्ण विजताको टुंगो लागेको छ। नेपालले १२ औँ सागमा ३ स्वर्ण जितेको थियो। त्यतिबेला कराँते प्रतियोगितामा समावेश भएको थिएन। तेक्वान्दोमा भने स्वर्ण पदक जित्न सकेको थिएन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार