काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा ६० सदस्यीय पार्टी नेतासहित चीन जाने सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यक्रम रद्द भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको कार्यकारी अधिकारसहितको जिम्मेवारीका कारण जम्बो टोलीको नेतृत्व गर्दै चीन जाने प्रचण्डको पूर्वनिधारत कार्यक्रम रद्द भएको बताइएको छ ।
केहीदिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड आफैले चीन जान लागेको सार्वजनिक रुपमै जानकारी गराउनुभएको थियो ।
प्रचण्डको टोली यहि मंसिर २२ गते चीन जाने कार्यक्रम तय भएको थियो ।
तर प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति अनिश्चित रहेको र हालै आफूलाई प्राप्त अधिकार कार्यान्वयन महत्वपूर्ण ठानेर प्रचण्डले चीन जाने कार्यक्रम रद्द गरेको बताइएको छ ।