प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस खानेकुरा पनि खुवाउन थालिएको छ ।
हाल मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक सातापछि सामान्य हिडडुल गर्न थालेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको र आइसियुमै सामान्य हिँडडुल गर्न थालेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा.अरुण सायमीले प्रधानमन्त्रीलाई ठोस आहार खुवाउन सुरु गरिएको बताए ।
गएको मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको सल्यक्रिया गरिएको थियो।
ओलीको हिजो आइतबार साँझ आठौ पटक डायलाइसिस पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार