जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छु : अध्यक्ष प्रचण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताउनु भएको छ ।

आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा द्वन्द्वकालमा मारिएका तत्कालिन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभालाई सम्बोधन गर्दै जनयुद्धका क्रममा भएका सबै घटनाको जिम्मेवारी लिने बताउनु भएको हो ।

संक्रमण कालिन न्याय सम्पादन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनाएर र द्वन्द्वकालीन मुद्दा टुङ्गो लगाउन आफु प्रयासरत रहेको पनि बताउनु भयो । माओबादी जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको अध्यक्ष भएको कारणले आफुले जिम्मेवारी लिने बताउनु भयो ।

जनयुद्धमा मारिएका भएपनि सबैलाई सम्बोधन हुनेगरी सत्य निरुपण होस् भन्ने पक्षमा आफु रहेको पनि बताउनु भयो । अध्यक्ष प्रचण्डले आफुहरु ब्ल्यांकेट एम्नेस्टिको पक्षमा नरहेको पनि स्पष्ट पार्नु भयो । द्वन्द्व पिडितहरुको माग बमोजिम सत्यनिरुपण मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको अहिलेको कानुन संसोधनको तयारीमा रहेको र छिट्टै पदाधिकारीहरु नियुक्त हुने पनि अध्यक्ष प्रचण्डले बताउनु भयो । तात्कालीन समयमा राज्यपक्ष वा विद्रोही पक्षबाट भएका जघन्य प्रकृतिका घटनामा दोषी ठहरिनेले कारबाही भोगे मात्रै भविश्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण वनाउन सकिन्छ भन्ने पक्षमा आफु रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार