सोनाम याङ्जी शेर्पा –
काठमान्डौ : मिर्गौला पिडित आयुष्मा गुरुङलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । कोरियामा संकलन गरिएको रु.५० हजार रकम मिर्गौला पिडित गुरुङलाई मिस मंगोल २०१९ जाङ्मु ईन शेर्पामार्फत हस्तान्तरण गरिएको हो ।
२२ बर्षकी गुरुङको दुवै मिर्गौलाले एक बर्ष देखी काम गर्न छाडेपछि सातामा दुईपटक डायलासिस गराउनुपर्ने परिवार श्रोतले जनाएको छ । परिवारको मान्छेले मिर्गौला दिन तयार रहेपनि ट्रान्सप्लान्टका लागि आर्थिक अभाव हुँदा सहयोग संकलन गर्नुपरेको मिर्गौला पिडित आयुष्मा गुरुङले बताउँनुभयो । नुवाकोट शिवपुरी गाउँपालिका ४ बस्ने गुरुङलाई मिर्गौला प्रत्यारोपन गर्न करिब रु.२५ लाख लाग्ने अस्पतालले जनाएको छ । उक्त रकम जम्मा गर्न नसक्दा समस्या भएको भन्दै सहयोगका लागि सबैसंग उहाँले आग्रह गर्नुभयो ।
सहयोग गर्न चाहानेले कल्पना गुरुङको नाममा मेघा बैंकमा रहेको खाता नम्बर ०२५००५००००४३१ रकम जम्मा गर्न सकिने बताईएको छ । यस्तै आयुष्माको दिदी सञ्जु गुरुङलाई ९८१८००७७३६ नम्बरमा सम्पर्क गरेर पनि सहयोग गर्न आग्रह गरिएको छ । विरामीको उपचार ओम हस्पिटल काठमाडौंमा भई रहेको छ ।