लिलामाया ठटाल
काठमाडौं : सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा दिवस आज मनाइएको छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने घोषणा गरेका थिए ।
सोही घोषणा अनुसार आज भृकुटी मण्डपमा एक कार्यक्रम आयोजना गरी सामाजिक सुरक्षा दिवस भव्यसाथ मनाइएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म १ लाख ११ हजारबढी श्रमिक र ११ हजार बढी रोजगारदाता सूचिकृत भएका छन् ।