प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालमा पुग्नु भएको छ । स्रोतका अनुसार उहाँ आइतबार अपरान्ह ४ बजे उपचारका लागी धापासीस्थित ग्राण्डी अस्पताल पुग्नु भएको हो । उहाँ कुन उपचारका लागि अस्पताल पुगेको भन्ने चिकित्सकले खुलाएका छैनन् ।

पछिल्लो सयम मिर्गौलामा समस्या देखिएपछि उहाँको दुई पटक डायलाईसिस र एक पटक अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार समेत गराइसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार