जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा मानव स्वास्थ्यमा असर

काठमाडौं : जथाभावीरुपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्दा एन्टिबायोटिक औषधिले काम गर्न छाड्नुका साथै थप समस्यासमेत देखिन थालेको भन्दै चिकित्सकहरुले सचेत हुन आग्रह गरेका छन् । अबको दिनमा एन्टिबायोटिकले एकदमै डरलाग्दो अवस्था निम्त्याउने डा. सतिश देवले बताउनु भएको छ ।

उहाँका अनुसार यसरी नै एन्टिबायोटिकको गलत प्रयोग नरोकिने हो भने अबका दिनहरूमा मानव स्वास्थ्यमा गरिने जति पनि अप्रेसनहरू सम्भव हुने छैन, कारण अप्रेसन गर्दा इन्फेक्सन हुनसक्ने सम्भावना धेरै हुन्छ ।

चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुन्छ र सन्चो भयो भन्दै औषधिको डोज पूरा नगरी बीचैमा एन्टिबायोटिक औषधि प्रयोग गर्न छाड्ने गर्नुहुन्छ भने विचार पुर्‍याउनुहोस्, यसले तपाइँको शरीरलाई नकारात्मक असर पुर्‍याइरहेको डा. सतिश देवले बताउनु भएको छ ।

चिकित्सकहरु मात्रा नमिलाई एन्टिबायोटिक औषधि प्रयोग गर्दा रोगको ब्याक्टेरियाले आफ्नो स्वरुप परिवर्तन गर्ने र त्यो एन्टिबायोटिक औषधिले काम नगरेर बिरामीको मृत्यु हुने खतरासमेत हुने बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार