सल्लेरीमा एक मजदुर मृत भेटिए ।

सरिता राई-
सोलुखुम्बु : सोलुखुम्बुको सल्लेरी स्थित होटलमा एक मजदुर सुतेकै ठाउँमा मृत भेटिएका छन् । बन्दीपुर गाउँपालिका १ नयाँ बस्ति तनहुका प्रेम लामा सोलुदुधकुण्ड नगरपालिका ५ स्थित अनिशा होटलमा बसेका थिए ।

यहाँ सञ्चालित एक क्रसर उद्योगमा हिरा बहादुर सुनार संगै आएका लामा हिजो देखी पेट सम्बन्धि समस्या आएको भन्दै आरम गरेका थिए । ४८ बर्षिय लामा आराम गरेकै ठाउँमा आज दिउँसो १ बजे मृत भेटिएको प्रहरी नायब उपरिक्षक डिएसपी नारयण प्रसाद चिमरियाले जानकारी दिनुभयो । ।

कात्तिक २९ गते मजदुरीको लागी सल्लेरी आई सोलुदुधकुण्ड नगरपालीका ५ को वडा कार्यलयसँगै रहेको होटलमा बस्दै आएका थिए । कानुनी प्रकृया पुरा गरी शवको पोष्टमार्टमका लागी ओखलढुगां जिल्ला अस्पताल रुपजाटार पठाइएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार जिल्ला अस्पताल फाप्लुमा दर्वन्दिका चिकित्सक नहुदा पोष्टमाटमका लागी जिल्ला बाहिर पठाउँनु परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार