थुलुङदुधकोशी गाउँपालिका महोत्सव तथा अध्यक्ष रनिङशिल्ड सुरु

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका महोत्सव तथा दोस्रो अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगीताको उद्घाटन गरिएको छ । महोत्सवको उद्घाटन गर्दै संघीय सांसद हेमकुमार राई (शुरबीर)ले थुलुङदूधकोशी गाउँपालिका जिल्लाकै क्रियाशिल गाउँपालिका भएको भन्दै विकास निर्माणमा निकै अघि बढेको बताउनुभयो ।

पर्यटन, उर्जा, खानी, कृषि, जडिबुटी सबै कुराले सोलुखुम्बु जिल्ला पूर्ण भएकाले सबै खालका पर्यटक ल्याउन सकिने उहाँको भनाइ छ । अबको तीन बर्षभित्र सबै गाउँबस्तीमा विद्युत पुग्ने दावी गर्दै सांसद राईले आफ्नै कार्यकालको जिल्लाको सम्पुर्ण क्षेत्र जोड्ने नदिमा पक्की पुल निर्माण गर्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तै, प्रदेस सांसद उत्तमकुमार बस्नेतले थुलुङदूधकोशीलाई ‘पर्यटन हब’को रुपमा विकास गर्नका लागि ठाउँठाउँमा पक्की, झोलुङगे, काठे पुल, सडक तथा अन्य भौतिक संरचना निर्माणमा लागिरहेको बताउनुभयो । बिकासको काम गर्दा कही केही कम्जारी भएपनि त्यसबाट पाठ सिक्दै जनभावना अनुसार गुणस्तरीय काम गर्दै अगाडी बढ्ने सांसद बस्नेतको भनाई छ ।

यस्तै प्रदेश सांसद एमव् प्रमुख सचेतक संसदियदल नेकपा प्रदेश नम्बर १ का बुद्धिकुमार राजभण्डारीले सबै गाउँपालिका केन्द्रमा सहज सडग निर्माणमा आफुहरुको ध्यान केन्द्रित भएको बताउँनुभयो । जिल्लाको विभिन्न नदिबाट उत्पादन हुने विद्युत सोलुखुम्बुको जनताको घरघरमा नपुगे सम्म बाहिर लान नदिने उहाँको दावी छ ।

यस्तै सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले झट्ट हेर्दा सामान्य जस्तो लागेपनि गाउँपालिकाले बिकासमा छलाङ मारिसकेको भन्दै पसंसा गर्नुभयो । नयाँ संरचनामा काम गरेको स्थानीय तहले साच्चिनै सम्बृद्धिको आधारशिला तयार गरेको अनुभुति भएको उहाँको भनाई छ ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई आफ्नो तहबाट सक्दो सहयोग गर्नका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । जिल्लाका तीन जना संसादको सहयोगकै कारण सुविधा सम्पन्न अस्पताल निर्माणको अभियान अगाडी बढेको भन्दै डिप्लोमा इन शिभिल इन्जिनियरिङ र लोखीममा बाली बिज्ञानको कक्षा सुरु भएको उहाँको भनाई छ ।
यस्तै गाउँपालिकाको बिकासमा रातदिन नभनिकन खटिरहदा समेत केही कपोकल्पीत भ्रम छर्न खोजेको भन्दै आनाआवश्यक भ्रमको पछाडी नलाग्न समेत आग्रह गर्नुभयो ।

स्थानीय खानाद्धारा अतिथिको स्वगत
महोत्सवको अवसरमा बृहत् कृषि प्रदर्शनीमा विभिन्न उत्पादन लिएर ६३ जना कृषकहरुले सहभागिता जनाएका छन् । गाउँपालिकामा उत्पादन हुने कृषि उपजबाट बनेका विभिन्न खानाका परिकारले उपस्थित अतिथिलाई स्वागत गरिएको छ । महोत्सवमा स्थानीय खाना प्रदर्शनि, कृषि प्रदर्शनी मेला, खेलकुद, स्थानीय कला संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गरिएको छ ।

८ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दैनिक साँझ प्रस्तुती गर्ने आयोजकले जनाएको छ । सांस्कृतिक तथा खेलकुदका कार्यक्रमले गाउँपालिकामा हजारौँ आन्तरिक पर्यटक भित्रने आशा राखिएको छ । खेलकुद र सांस्कृतिक कार्यक्रमले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने खेल संयोजक रामसंघर्ष किराँतीले बताउनुभयो ।

महोत्सवको अवसरमा अध्यक्ष रनिङ शिल्डका साथमा महिला पुरुष हाफ म्याराथुन, नृत्य, एकल ट्रयाक गायनसमेत आयोजना गरिएको छ । भलिब खेलमा पुरुष ३० र महिला ११ जना समुहले प्रतिस्पर्धा गर्ने बताईएको छ । यस्तै शुक्रबार बिहान सोलुदुधकुण्ड नगरपालिका सिमाना देखी गाउँपालिका केन्द्र मुक्लि सम्म करिब ५० जना दौडने आयोजकले जनाएको छ ।

महोत्सवका लागि गायक शम्भु राई, हाँस्य कलाकार फुलन्देकी आमा लगायतका कलाकारहरु मुक्ली आईसकेका छन् । महोत्सवमा दैनिक पाँचदेखि दस हजार जना आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार