काठमाडौं । निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौँ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था संशोधन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै निर्माणमैत्री ऐन तथा नियमावली निर्माणको माग गरेको हो ।
सार्वजनिक खरिद आठौँ संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससँग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दैे म्याद थप र बैक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग उनीहरुको छ ।
ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै व्यवसायीले संचारक्षेत्र प्रति पनि आक्रोश व्यक्त गरेका छन् ।
आज र भोली राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।