सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका ४ रोग्दिङका अजय नेवारको उपचारमा खर्च अभाव भएको छ । निमोनियाबाट पिडित ६ महिने शिशुको उपचारमा खर्च अभाव भएको बुबा पुर्णबहादुर नेवारले बताउँनुभयो ।
संखुवासभा चैनपुर ससुराल जानुभएका नेवारको बच्चा एक्कासी बिरामी भएपछि अहिले बिराटनगर स्थीत रंगेलि ग्रिन क्रस अस्पतालमा भर्ना गरिएको छ । आईसियूमा राखेर उपचार गराएको खर्च अभाव भएको भन्दै नेवारले सहयोगको याचना समेत गर्नुभएको छ ।
सोलुखुम्बुको घरपरिवार संग सम्पर्क नहुँदा झनै समस्या भएको उहाँको भनाई छ । आर्थिक सहयोगका लागि पुर्णबहादुर नेवारको मोवाईल नम्बर ९८६९८०६७४७ वा अस्पतालका लेखापाल अनुराज पाठकको मोवाईल नम्बर ९८४२२४८५०५ मा सम्पर्क गरि आईएमइ गरिदिनु सबैलाई आग्रह गर्नुभएको छ ।
अस्ताल श्रोतका अनुसार शिशुको आईसियुमा उपचार गर्नकालागि कम्तीमा २० हजार जम्मा गर्नुपर्ने भएपनि उक्त रकम नहुँदा समस्या भएको छ । उहाँले आफन्त तथा घरपरिवारमा फोन सम्पर्क नभएको भन्दै सम्पर्कको लागि आग्रह समेत गर्नुभएको छ ।।