माप्यदुधकोशीको बिकट बस्तीमा एक घर एक धारा

सोलुखुम्बु : माप्यदूधकोशी गाउँपालिकाले एकघर एक धारा कार्यक्रम सञ्चालन गर्नेभएको छ । खानेपानीको समस्या भएको वडा नम्बर २ राप्छामा एक घर एक धारा अभियानका साथ खानेपानी योजना सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

वडा भित्रका १ सय ५० घरधुरीलाई लक्षित गरि उक्त योजना सञ्चालन गरिने वडा नम्बर २ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता तेजबहादुर मगरले जानकारी दिनुभयो । जसको लागि शनिबार देखी सर्भेको काम समेत सुरु गरिएको छ ।

पानीको समस्या रहेको उक्त गाउँमाका हरेक घरमा धारा पु¥याउन गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ४५ लाख बजेट व्यवस्था गरेको छ । “भोटेखर्क खानेपानी मुहान” आयोजना सम्पन्न गर्न करिब डेढ करोड बजेट लाग्ने अनुमान गरिएको छ । सडक, खानेपानी लगाएत जनताको माग र आवश्यकतालाई ध्यानमा राखेर सम्बृद्ध गाउँपालिका निर्माणको अभियानमा जुटेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो ।

यस्तै सोही गाउँपालिकाले अति विकट गाउँवाकुमा पनि खानेपानी पु¥याउनको लागि गाउँपालिकाले बजेटको व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार