काठमाडौं : काठमाडौंमा ‘बैकिङ, बिमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डलमा आईतबारबाट २ दिने सो प्रदर्शनी सुरु भएको हो । प्रर्दशनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सो प्रदर्शनीबाट लाभ लिन सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
बैंक तथा वित्तिय संस्थाका सबै जानकारीहरु एकैथलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीहरुले ठूलो लाभ लिन सक्ने उहाँको भनाई छ । गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउन आयोजना गरिएको त्यस्ता प्रदर्शनीहरुमा कम सहभागिता भएको भन्दै बैंक तथा वित्तिया संस्थाहरुप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भयो ।
प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएका छन । गभर्नर नेपालले सो प्रदर्शनीको सदुपयोग गरेर पूँजी बजार र विमाबारे आवश्यक जानकारी लिन पनि सबै पक्षलाई सचेत गराउनु भयो ।