संघिय सांसद राईलाई पितृशोक, नेकपा अध्यक्ष प्रचण्ड द्धारा श्रद्धाञ्जली अर्पण

सोलुखुम्बु : सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सांसद हेमकुमार राई (शुरबीर)लाई पितृशोक परेको छ । सांसाद राईका पिता नरबहादुर राईको शुक्रबार साँझ ७६ बर्षको उमेरमा निधन भएको थियो ।

दम रोगबाट पिडित राईको केही दिन देखी शिक्षण अस्पताल महारजगंजमा उपचार भईरहेको थियो । उपचारकै क्रममा निधन भएको परिवारश्रोतले जनाएको छ । उहाँको पार्थिव शरीरलाई पुर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षण अस्पतालमै पुगेर श्रदाञ्जली अर्पन गर्दै पार्टीको झण्डा ओडाउँनुभएको छ । श्रद्धाञ्जली सभामा पुर्व मन्त्री एवम् नेपाली काग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी, काग्रेस नेता प्रकास सिं कार्की, थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष एमव् गाउँपालिका महासंघ प्रदेश नम्बर १ का कोषाअध्यक्ष असिम राई लगाएतको उपस्थिति रहेको छ ।

श्रद्धाञ्जली सभा सकिएपछि पार्थिव शरीरलाई अन्तिम दाहसंस्कारको लागि गृह जिल्ला सोलुखुम्बु ल्याउने तयारी भईरहेको छ । हेलिकोप्टर मार्फत आजै (शनीबार) नेचा ल्याउने पारिवारिक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार