उपाधि विजेता महिला टोली स्वदेश फर्किए

काठमाडौं : बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ ।

बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टोली शुक्रबार अपरान्ह स्वदेश फर्किएको हो । त्यस अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपाधि विजेता खेलाडीहरुलाई नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए ।  बिहीबार बंगलादेशको ढाकामा भएको फाईनल खेलमा माल्दिभ्सलाई ३–० सो सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि हात पार्न सफल भएको थियो ।

महिला भलिबल टिमले जितेको सो उपाधिको नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो । टिमकी कप्तान अरुणा शाहीले सो प्रतियोगिताबाट विजयी भएपछि आगामी दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि उपाधि जित हासिल गर्ने आँट र साहस दुवै बढेको प्रतिक्रिया दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार