संसदीय समितिको निर्णयः निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष

कामाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाएर ६० बर्ष पुर्याइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था भएपनि उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पुर्याइएको हो ।

आज सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको हो ।

संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् । २०२१ सालपछि जन्म भएका सबै कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नेमा सहमति भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार