समर्थन र खबरदारीमा सकरात्मक बन्नुपर्छ : प्रमुख सचेतक राजभण्डारी

सोलुखुम्बु : प्रदेश सभा सदस्य, नेकपा संसदिय दल प्रदेश नम्बर १ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सञ्चार क्षेत्र सच्चिन आवश्यक रहेको बताउँनुभयो । योङ्ग स्टार क्लवको ४२ औं र सोलु एफएमको १७ औँ स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको आषणबाट बोल्नुहदै उहाँले सञ्चारकर्मीले मर्यादा विपरितको कार्य गर्दै हिड्ने परिपाटीको बिकास हुँदै गएको बताउँनुभयो ।

योङ्ग स्टार क्लवका संस्थापक सदस्य समेत रहनुभएका सांसद राजभण्डारीले सोलुखुम्बुमा बिकासले गतिलिएको दावी गर्दै राम्रो काममा सबैले समर्थन र नराम्रो काममा खबरदारी गर्नुपर्ने बताउँनुभयो । नेपाल सरकारको “सम्बृद्ध नेपाल शुखी नेपाली” नारालाई सार्थकता दिनको लागि बिकासे बजेटको सहि सदुपयोग गर्नुपर्ने बताउँनुभयो । उहाँले संसादमा प्रदेश नम्बर १ को नाम सगरमाथा राख्ने बिषयमा गम्भिर भएर आवाज उठाएको दावी गर्नुभयो । प्रदेशको नाम सगरमाथा भन्दा बिकल्प नभएपनि अन्य विभिन्न कारणले समस्या भएको बताउँनुभयो ।

नयाँ ढंगबाट अगाडी बढ्नुपर्छ : सांसद बस्नेत

 


बिशिष्ट अतिथि प्रदेश सांसद एवम् योङ्ग स्टार क्लवका संस्थापक अध्यक्ष उत्तम कुमार बस्नेतले क्लव स्थापनाको स्मरण गराउँदै अब नयाँ ढंगबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको बिकासमा दृढताका साथ लागि परेको दावी गर्दै सबैलाई सकरात्मक सहयोग र सुझावको लागि आग्रह गर्नुभयो ।

योङ्गस्टार र सोलुएफएम सबैको लागि सिकाई केन्द्र :  समन्वय प्रमुख
कार्यक्रमलाई संबोधन गर्दै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राईले कयौ सामाजिक संस्था खुल्ने र बन्द हुने भईरहेको बेला योङ्ग स्टारले ४२ बर्ष पार गर्नु आफैमा इतिहास भएको बताउनुभयो । विभिन्न परियोजना मार्फत गाउँगाउँको बिकासमा तल्लिन योङ्ग स्टार क्लव र पुर्वमानै पहिलो सामुदायिक रेडियो सोलु एफएम सबैको लागि सिकाई केन्द्र बन्ने उहाँको भनाई छ ।

सोलुखुम्बुको पत्रकारीता राष्ट्रमानै अब्बल
थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका महासंघ प्रदेश नम्बर १ का कोषाअध्यक्ष असिम राईले सोलुखुम्बुको सञ्चार गृह र त्याँहा कार्यरत कर्मचारीको उच्च प्रशंसाग गर्दै राष्ट्रिय स्तरमा समेत राम्रो प्रभाव राखेको बताउँनुभयो । बिकासमा सकरात्मक कार्यको प्रसंसा गर्दै सोलु एफएमले नकरात्मक कार्यको खबरदारी गर्ने काममा निरन्तर लागेको भन्दै अध्यक्ष राईले स्वच्छ पत्रकारीतालाई कायम राख्न सुझाव दिनुभयो ।

यता नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले सञ्चार क्षेत्रको गुणस्तरीयता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाकै अग्रणी संस्था योङ्ग स्टार र सोलु एफएमले गरेको कामको उच्च प्रशंसा गर्दै अध्यक्ष बास्तोलाले गाउँपालिकामा भईरहेको बिकास निर्माण सहित बास्ताबीकतालाई बाहिर ल्याउँन आग्रह गर्नुभयो ।

यता योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले सबैलाई धन्यवाद दिदै थप सहयोग र सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाकै पहिलो सामाजिक संस्था र एफएम आम जिल्लाबासीको भएकाले योङ्ग स्टार क्लव र सोलु एफएमको विभिन्न योजना सम्पन्न गर्नका लागि सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा सोताङ गाउँपालिका प्रमुख बीरबहादुर राई, सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राई, नेपाली काग्रेस सोलुखुम्बुका सभापति बिनोद बाबु बस्नेत, नेकपा जिल्ला सचिव गोम्बु शेर्पा कज्र्याङ, समाजबादी पार्टी नेपालका अध्यक्ष नरेन्द्र थापा मगर लगाएतले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।

सहयोगी सबैलाई सम्मान
योङ्ग स्टार क्लवको ४२ औँ र सोलु एफएमको १७ औँ स्थापना दिवसको अवरमा सहयोगी संस्था विज्ञापन दतालाई समेत सम्मान गरिएको छ । सोलु एफएमको स्थायित्वका निम्ती व्यवसाय प्रबद्र्धन गर्दै बार्षिक विज्ञापन दिने ३० जना विज्ञापन दाता, कार्यक्रम उत्पादन तथा प्रशारणमा सहयोग गर्ने थुलुङदुधकोशी गाउँपालिका, नेचा सल्यान गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकालाई पनि प्रशंसा पत्र प्रदान गरिएको छ ।

यस्तै सोही अवसरमा रिड नेपाल, हिमालयन ट्रष्ट नेपाल, बागबाणि केन्द्र फाप्लु, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाईटी, ट्राफिक प्रहरी कार्यालय लगाएतलाई पनि प्रशंसा पत्र प्रदान गरिएको छ । यता योङ्ग स्टार क्लव संग निरन्तर सहकार्य गरि विभिन्न परियोजना सञ्चालन गर्ने संस्थालाई पनि प्रशंसा पत्र प्रदान गरिएको छ ।

सोलुएफएममा लामो समय देखी क्रियाशिल रिपोटर डिल्ली शर्मा उत्कृष्ट घोषित हुनुभएको छ । स्थानीय रिपोटर मध्ये नेचा सल्यानका डिल्ली शर्मालाई उत्कृष्ट घोषणा गरिएको सोलु एफएमले जनाएको छ । यस्तै महाकुलुङका रिपोटर युमन खालिङ पनि उत्कृष्ट रिपोटर बन्नुभएको छ । सोलु एफएममा कार्यरत कर्मचारीलाई समेत कामको उच्च मुल्याङ्गन गर्दै सम्मान पत्र प्रदान गरिएको योङ्ग स्टार क्लवका तथा सोलु एफएम सञ्चालक समिति अध्यक्ष बुद्धिनारण श्रेष्ठले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार