लिपुलेक विवादबारे छलफल गर्न सर्वदलिय बैठक बोलाईयो

 

काठमाण्डौ : भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार सीमाका बारेमा आएका विषयको पछिल्लो परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले शनिबार दिउँसो ४ बजे सबै राजनीतिक दलका प्रमुखहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको छ । बैठकमा पुर्वपरराष्ट्र मन्त्रीहरुसमेत सहभागी हुने बताईएको छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि नेपालमा त्यसको विरोधमा चर्को प्रदर्शन भैरहेको छ । विभिन्न राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन र सरकारले नै भारतीय कदमको विरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार