सोलुखुम्बु : सोताङ गाउँपालिका वडा नम्बर ५ मा भालुको आक्रमणबाट १ युवक घाईते भएका छन् । स्थानीय २४ वर्षिया पंचवीर तामाङ भालुको आक्रमणबाट घाइते हुनु भएको हो ।
गैरीखर्क सामुदायिक बनमा निगालो काट्न गएको समयमा बुधबार दिउसो भालुले आक्रमण गर्दा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी निरक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइते तामाङको टोउको, गाला तथा कानमा गहिरो चोट लागेको छ । तामाङको अहिले सोताङमा रहेको प्राथमिक स्वाथ्य केन्द्रमा उपाचार भइरहेको र अवस्था सामान्य रहेको बताईएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बर्षेनी भालुको आक्रमणबाट मानिसहरु घाईते हुनेगरेका छन् ।
घाईतेले समयमानै उपचार खर्च नपाउँने समस्या छ भने अर्को तीर अन्नबालीसमेत नष्ट गर्दा कुनैपनि क्षतीपुर्ति पाउँदैनन् । जसबाट यहाँका किसानले नोक्सानी बेहोर्नुका साथै कृषि सम्बन्धि आकर्षण समेत कम हुदै गएको कृषक चन्द्रनारयाण् श्रेष्ठले बताउँनुभयो । ऐनमानै जंगलिजनवार भालुले खेतीबालीमा क्षती पु¥याएमा राहत पाउँने व्यवस्था उल्लेख नहुँदा समस्या भएको डिभिजन बन कार्यालय सोलुखुम्बुको भनाई छ । यहाँका स्थानीयले भने ऐन संसोधन गरेर भएपनि क्षतीपुर्तीको व्यवस्था गर्नुपर्ने माग राख्दै आएका छन् ।
स्थानीले जंगलि जनवार भालु नियन्त्रणका लागि वडा कार्यालय देखी जिल्ला प्रशासन कार्यालय सम्म पुगेर गुहार माग्नेगर्छन् ।