पुर्वमन्त्री रुप ज्योति पक्राउ

काठमाडौं : व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योति पक्राउ परेका छन् । ठगी आरोपमा उनलाई महानगरीय प्रहरी परिसर टेकुको टोलिले बिहिबार पक्राउ गरेको हो ।

प्रहरीको फराहर सुचीमा रहेका ज्योती भारतको नयाँ दिल्लीबाट काठमान्डौ ओर्लिएलग्तै त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । शाही शासनका बेला अर्थराज्यमन्त्री समेत बनेका ज्योतिले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोप सहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले प्रहरीमा उजुरी दिएका थिए ।

ज्योति ग्रुपका प्रमुख समेत रहेका रुप ज्योतिलाई ठगी मुद्दा लागेपछि एक वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । ज्योति तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिई शासन चलाएको समयमा अर्थ राज्यमन्त्रीसमेत भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार