सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाले दोस्रो “गाउँपालिका महोत्सब तथा अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगीता” आयोजना गर्नेभएको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ५ देखी ८ गते सम्म भव्य कार्यक्रमको आयोजना गरिने जानकारी गराईएको हो ।
पर्यटन बर्ष २०२० लाई समेत सहयोग गर्ने देश्यले कृषि र स्थानीय खाना प्रदर्शनि देखी सांस्कृतिक र खेलकुदको कार्यक्रम समेत आयोजना गरिएको गाउँपालिका अध्यक्ष अमिस राईले जानकारी दिनुभयो । जिल्ला स्तरीय अन्तरवडा भलिबल प्रतियोगीता संगै राष्ट्रिय स्तरका कलाकार शम्भु राई, गायिका मेलिना राई र हाँस्य कलाकार फुलन्देकी आमा सहित स्थानीय कलकारको सांगितिक प्रस्तुती रहने गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।
चार दिन सम्म सञ्चालन हुँने उक्त कार्यक्रममा हरेक साँझ एकल तथा सामुहिक नृत्यु तथा एकल गायन प्रतियोता समेत आयोजना गरिएको छ । खेलकुद र मनोरञ्जनको माध्यमबाट स्वास्थ जनशक्ति उत्पादन गर्दै सम्बृद्ध स्थानीय तह निर्माणको महान अभियानमा लागेको अध्यक्ष राईको भनाई छ । जसको लागि हरेक बर्ष कार्यक्रमको आयोजना गरिएको राईले बताउँनुभयो ।
गत बर्षको भन्दा यस बर्ष पुरस्कार राषि समेत बृद्धि गरिएको खेल संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रामसंघर्ष किराँतीले जानकारी दिनुभयो । संयेजक राईका अनुसार कार्यक्रमको तयारी करिब ७५ प्रतिशत सकिएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश नं १ का सांसद उत्तम कुमार बस्नेतले थुलुङ दुधकोशीलाई ‘पर्यटन हव’को रुपमा अगाडी बढाउँन गाउँपालिका संग समन्वय भईरहेको बताउँनुभयो । जिल्लाकै केन्द्रबिन्दुमा रहेको गाउँपालिकाको बिकासमा गाउँपालिकाको प्रयासमा प्रदेश सरकारले समेत साथ दिईरहेको भन्दै काँगेल डाँडा बिमानस्थल सञ्चालनको पहल भईरहेको बताउँनुभयो ।
गाउँपालिकाले जारी गरेको सुचना :
थुलुङ दुधकोशी गाउँपालिकाको गाउँपलिका महोत्सव तथा अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना हुने सम्बन्धी सूचना!!!
थुलुङ दुधकोशी गाउँपालिकाले खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिष्णुता साथै आपसी हार्दिकतालार्इ कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभा लार्इ उजागर गर्दै स्थानिय तह¸ जिल्ला¸ प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उद्धेश्यका साथ यहि मिति २०७६ मसिर ५¸ ६, ७ र ८ गतेका दिन ऐतिहासिक रुपमा “गाउँपालिका महोत्सव तथा अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता- २०७६” को भव्य आयोजना गरीएको हुँदा तपशिल अनुसारका खेलकुद तथा प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागिताका लागी सोलुखुम्बु जिल्ला भित्रका सम्पुर्ण वडा¸ खेलाडीतथा कलाकारहरुमा थुलुङ दुधकोशी गाउँपालिका हार्दिक आमन्त्रण गर्दछ ।
खेलहरु
- अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिवल प्रतियोगिता – २०७६
खेलका नियमहरु:
- भलिवल खेल जिल्लास्तरिय अन्तर वडा प्रतियोगिताको रुपमा खेलार्इने छ ।
- खेल अन्तराष्ट्रिय नियमानुसार खेलार्इने छ ।
- १ टिममा १ जना टिम व्यवस्थापक सहित १० जना हुनुपर्नेछ ।
- खेलाडीहरु संघिय संरचनागत एउटै वडा भित्रका मात्र हुनुपर्नेछ र उक्त कुरा खुल्ने आधिकारिक प्रमाण पत्रका साथ नाम दर्ता गर्नुपर्नेछ ।
- खेलाडी टिमलार्इ वडाको झण्डा र पोशाक अनिवार्य गरीएको छ ।
- टिम सहभागिता ५ टिम सम्म मात्र भए लिग¸ ८ टिमसम्म भएलिगकमनक आउट र सोभन्दामाथीभएमानकआउटको आधारमा खेलार्इने छ ।
- सेमिफार्इनल र फार्इनल खेल बाहेक सम्पुर्ण खेलहरु वेस्ट अफ थ्री मा खेलार्इने छ ।
- खेलका क्रममा कुनै विवाद भएमा निर्णायक मण्डल र आयोजकको निर्णय नै अन्तिम हुनेछ ।
- खेलका क्रममा कुनै खेलाडी घार्इते भएमा आयोजक जवाफदेही हुने छैन ।
- टिम दर्ता २०७६ मसिर ४ गते बेलुकी ५ बजेभित्र गरिसक्नुपर्नेछ ।
- टिम दर्ता शुल्क महिला पुरुष दुबै तर्फ रु ३०००/- मात्र लाग्नेछ ।
- खाना बस्नको व्यवस्था टिम आफैले गर्नुपर्नेछ ।
पुरस्कारहरु:
- प्रथम हुने टिमलार्इ नगद रु १००,०००/- (२५% कर सहित) का साथमा शिल्ड¸ टफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
- द्धितिय र तृतिय हुने टिमलार्इ क्रमश: नगद रु ७५०००/- ¸ रु ५००००/- (२५% कर सहित) का साथमा ट्रफी¸ मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
- सान्त्वना हुने टिमलार्इ नगद रु २००००/- (२५% कर सहित ) र प्रमाण पत्र प्रदान गरिनेछ ।
- उत्कृष्ट १ महिला र १ पुरुष खेलाडिलार्इ आकर्षक ट्रफिका साथमा नगद पुरस्कारको व्यवस्था गरीएको छ ।
- महिला पुरुष हाफ म्याराथुन
नियमहरु:
- हाफ म्याराथुन प्रतियोगिता जिल्लास्तरिय खुल्ला प्रतियोगिताको रुपमा खेलार्इने छ ।
- हाफ म्याराथुन प्रतियोगितामा कुनै विभागीय खेलाडीहरुले भाग लिन पाउने छैनन् ।
- दौडको क्रममा कुनै धावक घार्इते भएमा आयोजक जवाफदेही हुने छैन ।
- सहभागीहरुलाइ टिसर्ट आयोजकले प्रदान गर्नेछ ।
- खाना बस्नको व्यवस्था खेलाडी आफैले गर्नु पर्नेछ ।
- नाम दर्ता २०७६ साल मसिर ४ गते बेलुकी ५ बजेभित्र गरार्इसक्नुपर्नेछ ।
- नाम दर्ता शुल्क महिलापुरुषदुबैतर्फरु ३००/- मात्र लाग्नेछ ।
पुरस्कारहरु:
- प्रथम¸ द्धितिय र तृतिय हुने खेलाडीलार्इ क्रमश: रु १००००/-¸ रु ७०००/- र रु ५०००/-(२५% कर सहित ) का साथमा मेडल र प्रमाणपत्र प्रदानगरिनेछ ।
- नृत्य प्रतियोगिताका
नियमहरु:
- नृत्य प्रतियोगिता खुल्ला प्रतियोगिताको रुपमा संचालन गरिनेछ ।
- नृत्य गर्ने गीत प्रतियोगी आफैले पेनड्रार्इभ मा ल्याउनुपर्नेछ ।
- गीत सुहाउँदो पोशाक लगाउनुपर्नेछ ।
- गित नेपाली भाषाको हुनुपर्नेछ ।
- नाम दर्ता २०७६ मसिर ४ गते बेलुकी ५ बजेभित्र गरार्इसक्नुपर्नेछ ।
- नाम दर्ता शुल्क एकल तर्फ रु ३००/- र समुह तर्फ रु १०००/- मात्र लाग्नेछ ।
- समुह नृत्यमा ४ जना सम्मको समूह हुनुपर्नेछ ।
- खाना र बस्नको व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।
पुरस्कारहरु:
- प्रथम¸ द्धितिय र तृतिय हुने प्रतियोगिहरुलार्इ एकल नृत्यतर्फ क्रमश: नगद रु ५०००/-¸ रु ३०००/- र रु २०००/-(२५% कर सहित ) का साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने समुह नृत्यतर्फ नगद रु १६०००/-¸ रु १२०००/- र रु ८०००/-(२५% कर सहित )का साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ।
- एकल ट्रयाक गायन प्रतियोगिताका
नियमहरु:
- एकल ट्रयाक गायन प्रतियोगिता खुल्ला प्रतियोगिताको रुपमा संचालन गरिनेछ ।
- आफुले गाउने गितको ट्रयाक प्रतियोगी आफैले पेनड्रार्इभमा ल्याउनुपर्नेछ ।
- गीत सुहाउँदो पोशाक लगाउनुपर्नेछ ।
- गीत नेपाली भाषाको हुनुपर्नेछ ।
- नाम दर्ता २०७६ मसिर ४ गते बेलुकी ५ बजेभित्र गरार्इसक्नुपर्नेछ ।
- नाम दर्ता शुल्क रु ३००/- मात्र लाग्नेछ ।
- खाना र बस्नको व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।
पुरस्कारहरु:
- प्रथम¸ द्धितिय र तृतिय हुने खेलाडीलार्इ क्रमश: नगद रु ५०००/-¸ रु ३०००/- र रु २०००/- (२५% कर सहित ) का साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
साथमा वरिष्ठ गायक शम्भु राई, मेलिना राई, फुलन्देकी आमा लगायत राष्टीय कलाकार तथा स्थानीय कलाकारहरुको साँस्कतिक कार्यत्रम, बृहत कृषी मेला प्रदर्शनी तथा स्थानीय खानाहरुको प्रदर्शनी (Local food festival) समेत हुनेछ ।
आयोजक: थुलुङ दुधकोशी गाउँपालिका¸ मुक्ली¸ सोलुखुम्बु ।
सम्पर्कका लागी:
- खेलसंयोजक: श्री रामसंघर्ष किराँती
मोवार्इल नं. ९७४३०२२१६०
- सामाजिक विकास समिति संयोजक: श्री बुद्धिराज रार्इ
मोवार्इल नं. ९८१८६३५७२०