नवयुक्त प्रदेश प्रमुखले सपथ लिए

काठमान्डौ : नवनियुक्त प्रदेश प्रमुखले आज (मंगलबार) पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रपति कार्यालयले सोमबार साझ नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउनुभएको हो ।
नेपाली काग्रेसको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई नेकपा नेतृत्वको सरकारले हटाएपछि नयाँ प्रमुख नियुक्त गरेको हो ।

प्रदेश एकमा सोमनाथ अधिकारी, प्रदेश २ मा तिलक परियार, प्रदेश तीनमा विष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक सेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालि प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मीला कुमारी पन्तले प्रदेश प्रमुखको सपथ लिनुभएको हो । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधिस चोलेन्द्रप्रासद जवरा लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार