सोलुखुम्बु : जंगलिजनावरले खेतीबाली नष्ट गरेपछि जिल्लाको सोताङ गाउँपालीका वडा नम्बर १ का कृषकले क्षतिपुर्तीको माग गरेका छन् । साविक पावै ९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको अन्नबाली जंगलि जनवारले नष्ट गरेको भन्दै राहतको माग सहित वडा कार्यालयमा निवेदन दिएका हुन् ।
जगंलबाट आएका बाँदर, दम्सी, घोरल र मृगले धान, मकै, कोदो, फापर, केरा लगायतको बाली सखाप पारेको कृषक मेगबहादुर राईले गुनासो गर्नुभयो । आम्दानीको मुख्य स्रोतनै कृषि भएपनि भित्र्याउनै नपाई सखाप पारिदिएको भन्दै उनीहरुले वडा कार्यालय मार्फत स्थानीय सरकार र डिभिजन बन कार्यालयले राहतको व्यवस्था गर्न माग गरेका हुन् । करिब ४० घरधुरी रहेको उक्त क्षेत्रका स्थानीयले दिउँसो अन्नबालीको गोठालो गरेपनि राँती क्षती पु¥याउने गरेको बताउँछन् ।
जंगलिजनवारको गोठालो गर्नको लागि बालबालिका समेत प्रयोग गर्ने गरिएको स्थानीय गिता कार्कीले जानकारी दिनुभयो । घरका अन्य सदस्य व्यस्त बन्दा बालबालिकालाई खेतबारीमा रुङन लगाउँने गर्दा पढाईनै प्रभावीत बनेको स्थानीय मेगबहादुर राईको भनाई छ । कठिन परिश्रम र मेहनको साथ लगाएको खेतीबाली पाक्ने बेलानै नभई खान थालेपछि खाद्यन्न संकट हुने चिन्ताले स्थानीयलाई सताउँन थालेको छ । आम्दानीको श्रोत नभएकाले बिहान बेलुका छाक टार्नको लागि समेत ज्याला मजदुरीमा हिड्नुपर्ने बाध्यता भएको उनीहरुको गुनासो छ ।
यता वडा नम्बर १ का वडा अध्यक्ष जंग बहादुर गुरुङले वडा कार्यालयमा निवेदन आएको भन्दै राहतको लागी गाउँपालीका र बन कार्यालयसँग छलफल गर्ने आश्वसन दिनुभएको छ । वडाका कृषकहरु जंगलिजनावर पिडित भएकाले उचित क्षतिपुर्तीका लागी आफु लागी पर्ने उहाँको भनाई छ ।
खेतबारी बाँझोहुनेक्रम बढ्यो ।
पछिल्लो समय जिल्लाको विभिन्न क्षेत्रा जंगलिजनवारको विगविगि बढेसंगै कृषक चिन्तित बनेका छन् भने अधिकांश खेतबारी समेत बाँझो बन्न थालेको छ । एकता तिर युवाशक्ति बैदेशिक रोजगारीमा जानु र अर्को तीर जंगलिजनवारले खाईदिने गर्दा राज्यको नीति अनुसार नतिजा आउँन नसकेको बताईन्छ । कृषिमा अनुदान दिने तर बालिनालिमा क्षती पुगेअनुसारको पर्याप्त राहत एवम् क्षतीपुर्तिको व्यवस्था नहुँदा कृषकको आकर्षण अन्यत्र जानथालेको स्थानीय हेमबहादुर राईको भनाई छ ।
यतीबेला धान झुल्ने खेत र कोदो पाक्ने बारी बाँझो हुनेक्रम बढेको थुलुङदुधकोशी ८ का कार्यवहाक वडा अध्यक्ष तिलबहादुर राईले बताउँनुभयो । वडा भित्र क्रमैसंग जग्गा बाँझो हुनेक्रम बढेपछि आधुनिक खेती तर्फ आकर्षित गर्न अनुदान तथा सामुहिक खेतीप्रणालि अपनाएको राईको भनाई छ ।