सातवटै प्रदेशमा प्रमुख नियक्त, मंगलबार बिहान सपथ ग्रहण(विज्ञप्ती सहित)

काठमाडौं : राष्ट्रपति कार्यालयले सातवटै प्रदेशमा प्रमुख नियुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साझ नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । पुर्व प्रशसक नियुक्त गर्नुपर्ने भएपनि नवनियुक्त प्रदेश प्रमुख नेकपाको राजनितिमा बढी योगदान दिएका राजनितिकर्मी परेका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश १ मा कास्कीका सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा बाँकेका तिलक परियार, प्रदेश ३ मा झापाका विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा चितवनका अमिक शेरचन प्रदेश प्रमुख बन्नुभएको छ ।

यस्तै प्रदेश ५ मा सिरहाका धर्मनाथ यादव, कर्णाली प्रदेशमा बैतडीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा चितवनकी शर्मिला कुमारी पन्तले प्रदेश प्रमुखको जिम्मेवारी पाउँनुभएको छ । नवनियुक्त सातै प्रदेश प्रदेश प्रमुखहरुको सपथग्रहण मंगलबार बहिन हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्राप्त जानकारी अनुसार मंगलबार बिहान ८ बजे सबै प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराईने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार