काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ । बालुवाटारमा बसेको सचिवालय बैठकले आईतबार देखी रिक्त सातै प्रदेशका प्रमुख नियुक्तिका लागि नाम टुंगो लगाएको हो ।
नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रदेश प्रमुखको नाम सरकारलाई सिरिस गरिएको छ । सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन्। बैठकमा विश्वकान्त मैनाली, रघु पन्त, अमृत बोहोरा, श्रीमाया थकाली, वेदुराम भूषालका लगायतका नाम पनि प्रस्ताव गरिएका थिए । ’कुन प्रदेशमा कसलाई पठाउने भन्ने कुराको टुंगो सरकारले लगाउने बताईएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ माघ ३ मा नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद मुक्त गर्नुभएको थियो ।