सोलुखुम्बु : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले संघिय सरकारका स्वाथ्य मन्त्री उपेन्द्र यादवको राजिनामा माग गर्नु भएको छ । सोलुखुम्बुको सल्लेरीमा आयोजित एक कार्यक्रममा बोल्नुहँुदै सचेतक राजभण्डारीले स्वास्थ क्षेत्रमा देखिएको समस्या समाधान भन्दा बढाउँने खेलमा मन्त्री लागीपरेकाले राजिनामा दिनुपर्ने दावी गर्नुभयो ।
जिल्लाको एक मात्र जिल्ला अस्पताल फाप्लुमा ११औँ तहको डक्टरको दर्वन्दि कटाएर ९औ तहमा कायम गर्ने, ३६ जनाको दर्वन्दि घटाएर १८ मा सिमित पार्ने लगाएतको गतल काम गर्ने मन्त्री कुर्सीमा बसीरहन नमिल्ने उहाँको तर्क छ । जिल्ला अस्पतालमै बिरामीले सेवा नपाएर बाहिर जानुपर्ने बाध्यता सृजना गर्ने स्वास्थ्य मन्त्रीलाई बारम्बार जिल्लाको अवस्थाबारे जानकारी गराएपनि बेवास्ता गरेको राजभण्डारीको दावी छ ।
संघियता कार्यन्वयनमा सत्तापक्षकै मन्त्री सम्मको कार्यशैलिले प्रश्न चिन्ह खडा भएको भन्दै प्रमुख सचेतक राजभण्डारीले जनताले अनुभुती गर्ने गरि काम गर्न नसकेकाले राजिनामा दिनको बिकल्प नभएको जिकिर गर्नुभयो । गाउँगाउँमा चिकित्सकको दर्वन्दि थप्दै सेवा सुविधा बढाउँनुको सट्टा घटाएर सिङ्गो सरकारको बद्नामी गर्नतर्फ लाग्नेहरुलाई जनताले छुट नदिने उहाँको भनाई छ ।
केहि महिना यता जिल्ला अस्पताल फाप्लुमा चिकित्कस नहुँदा यहाँका सामान्य बिरामी समेत ओखलढुंगाको मिसन अस्पताल लगाएत जानुपरेको सामार समेत आएको थियो । संघियता संगै सेवा समेत कटौती भएको प्रति सोलुखुम्बुका जनताले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
- फाप्लु अस्पतालमा उचार सेवा नपाएको गुनासो, संसादकै कुरा सुनुवाई हुदैन ! https://nepalnewssite.com/?p=66147