सरकारले सातवटै प्रदेश प्रमुख एकैसाथ हटायो

काठमाडौं : सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषदको (आज) आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्नुभएको हो । मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली काग्रेसले निर्वाचन सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो । जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार सुरुदेखि नै रुष्ट थियो । देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते प्रदेश १ मा डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार