काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको श्रोतले जनाएको छ।
उम्मेदवारी दर्ता गर्ने समय नजिकिएपछि पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थताका बीच बैठक बोलाउनुभएको हो ।
सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिका प्रमुखको उम्मेदवार तय गर्नेछ। गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष प्रदेश कमिटीले र वडाअध्यक्षको उम्मेदवार सम्बन्धित जिल्ला कमिटीले तोक्ने मापदण्ड बनाइएको छ।
उपचारपछि आराम गरिरहनुभएका प्रधानमन्त्री ओलीले हिजै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर छलफल गरी आजलाई सचिवालय बैठक बोलाएको बताइएको छ ।