खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा धर्मशाल निर्माण हुने भएको छ । नेपाल आयल निगम र नगरपालिका बीच धर्मशाला निर्माण गर्ने सवालमा शुक्रबार मात्रै सम्झौता भएको हलेसी तुवाचुङ नगरपालिका खोटाङका मेयर इवन राईले जानकारी दिनुभयो ।
रु.५ करोडको लागतमा निर्माण हुने धर्मशाला नगरपालिकाको वडा नम्बर ७ स्थीत हलेसी मन्दीर परिषरमा निर्माण हुने मेयर राईले जानकारी दिनुभयो । नेपाल आयल निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत धर्मशाला निर्माण गर्ने विषयमा नगरपालिकाका मेयर इवन राई र नेपाल अयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सम्भौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
धर्मशाला निर्माणका लागि नगरपालिकाले डेढ बर्ष देखी निरन्तर प्रयास गरिरहेको जनाएको छ । निरन्तरको प्रायस पछि सफल भएको मेयर राईको भनाई छ । हलेसी क्षेत्रको बिकासका लागि नगरपालिकाले गुरु योजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको भन्दै मेयर राईले डिपिआर तयार भएपछि यस क्षेत्रको बिकासले गति लिने बताउँनुभयो ।