जबरजस्ती करणी अभियोगमा पक्राउ परेका महराविरुद्ध साढे ७ वर्षको कैद सजाय माग

काठमाडौँ :  निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्व जबर्जस्ती करणी उद्योग अन्तर्गत अभियोगपत्र दायर भएको छ ।  सरकारी वकिल कार्यालय काठमाडौँले महरालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गरेर मुद्दा दायर गरेको हो ।

महराले संसद सचिवालयकी एक कर्मचारीलाई करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधामात्र सजाय हुनेछ । तर सरकारी वकिल कार्यालयले महराले सरकारी ओहोदामा बसेर कसूर गरेकाले उनलाई हुने सजायको डेढ गुणा बढी करिब साढे ७ वर्ष सजायको माग दावी गरेको छ ।

महरामाथि अनुसन्धान गरी गत शुक्रबार प्रहरीले कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । महरा गत असोज १८ गते पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार