बैतडी : भारतमा तीन जना नेपाली कामदारको हत्यामा संलग्न रहेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भारतको पिथौरागढमा नेपाली मजदुरको हत्यामा संलग्न रहेको आशंकामा बैतडीको पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरालाई भारतिय प्रहरीले पक्राउ गरेको हो ।
उनलाई भारतकै मुन्सीयारीवाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेको भारतीय प्रहरीलेलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीबाट अनशन्धानका लागि भारत जानुभएका प्रहरी साहायक निरिक्षक श्याम सिंह महराले जानकारी दिनुभयो । पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेको बताईएको छ ।
रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका ५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ वीरा बोहरा र पुर्चौडी नगरपालिका ४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा विभत्स रुपमा शव फेला परेको थियो । यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती बोहरा (किर्रा)को संलग्नता रहेको आशंका गरेको थियो । तर कलावती उनीहरुको सामूहिक हत्या हुनअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो ।