महापर्व छठ सुरु, आज पहिलो दिन नहाय खाय विधि गरिदै ।

जनकपुरधाम: आज (बिहिबार)देखी आस्थाको महापर्व छठ सुरु भएको छ । छठअन्तर्गत आज पहिलोे दिनलाई ‘अरबा अरबाइन’ पनि भनिन्छ । आजको दिन ‘नहाय खाय’ विधि गरिन्छ ।

व्रतालुले भोजनमा प्याज, कोदो, माछा, मासु, लसुन, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाँदैनन् । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न) को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ ।

छठ पर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा गम्हरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास छ । चोखोपना, संयम र पूर्ण ब्रहृमचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास पाइन्छ ।

छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार