सुतेकै ठाउँमा पर्यटक भरियाको ज्यान गयो

सोलुखुम्बु : खुम्बु पासङल्हामु गाउँपालीका ४ फेरुचेमा एक पर्यटक भरियाको सुतेकै ठाउँमा ज्यान गएको छ । माप्यदुधकोशी गाउँपालिका ७ वाप्साका ४६ बर्षिय जगं बहादुर विश्वकर्माको फेरुचे स्थित हिमालयन होटलमा राती सुतेकै अवस्थामा ज्यान गएको सोलुुखुम्बु प्रहरीले जनाएको छ ।

उनी नाम्चेबाट सगरमाथा बेस क्याम्प तर्फ पर्यटकको भारि बोकेर जाँदै थिए । २ जना स्पेनिस नागरिकसगै भरियाको रुपमा गएका उनलाई बुधबार विहान सुतिरहेको अवस्थामा मृत भेटिएको होटल सञ्चालक पेम्बा शेर्पाले बताउँनुभयो ।

ईलाका प्रहरी कार्यलय नाम्चेबाट गएको प्रहरी टोलिले कानुनी प्रकृया पुरा गरी शबलाई निकोलनिकी अस्पताल लुक्लामा राखेको छ । उक्त शवलाई पोष्ट माटमका लागी भोली (बिहिबार) जिल्ला अस्पताल फाप्लु ल्याईने जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रबक्ता प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । मंगलबार मात्रै एक बेलायती नागरिकको समेत सोही क्षेत्रमा सुतेकै अवस्थामा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार