खोटाङ : खोटाङ बस दुर्घटनामा परि घाईते भएका मध्ये ३ जनालाई थप उपचारको लागि काठमान्डौ लगिएको छ । प्रहरी प्रमुख प्रहरी नावय उपरिक्षक बामदेव गौतमका अनुसार उनीहरुलाई हेलिकोप्टर मार्फत थप उपचारको लागि काठमान्डौ लगिएको हो ।
काठमान्डौ रेफर हुनेमा ओखलढुंगा चिसंखुगडी गाउँपालिका २ बस्ने बर्ष २३ को कल्पना आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ बस्ने अन्दाजी बर्ष २० को मिलन आचार्य र सोही ठाउँ बस्ने अन्दाजी बर्ष २० कै प्रकाश रिजाल रहेका छन् । खोटाङबाट आज (बुधबार) बिहान इटहरी तर्फ जादै गरेको को १ ख ६३२० नम्बरको यात्रुबहाक बस ७ बजे तीर हलेसी तुवाचुङ नगरपालिका १० कामीडाडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा १४ जना घाईते भएका थिए । घाईते मध्ये ६ जना जिल्ला अस्पतालमा उपचार पछि घर फर्केका छन् भने अन्य ५ जना उपचारकै क्रममा रहेको प्रहरी नायव उपरिक्षक गौतमले बताउँनुभयो । जिल्ला अस्पतालमा उपचार गराउनेहरुमा समुन आचार्य, समिक्षा बि.क, मनिषा बि.क, आकाश राई र मनकुमारी राई रहेका छन् । यस्तै सोही बसमा सवार सुरेश बि.क, अमृत भुजेल, प्रताप रिजाल, मन्दिप बि.क, खामबहादुर बि.क र योगेन्द्र आचार्य भने उपचार पछि घर फर्केका छन् । चालक सहित १५ जना सवार रहेको बसका चालक देवी तामाङ भने अहिले पनि फराहर रहेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।
दुर्घटनाको कारण
दुर्घटनाको बास्तबीक कारण भने अहिले सम्म खुलेको छैन । तर यात्रुका अनुसार सवारी चालकले मापसे गरेर सवारी चलाएका थिए । उद्धार कार्यमा संलग्न स्थानीय प्रमोद श्रेष्ठका अनुसार सजिलै ठाउँमा बस दुर्घटना हुनुले चालकको लापर्वाही देखिएको छ ।
“एक जना यात्रु नेपाली सेनाका जवान हुुनुहुन्थ्यो उहाँ सामान्य मात्रै घाईने हुनुहुन्थ्यो उहाँले भन्दा पामसेको गन्ध एकदमै धेरै थियो रे ।” उद्धार कर्ता श्रेष्ठले भन्नुभयो, “गाडीको गति धेरै र मापसेकै कारण्ण दुर्घटना भएको अनुमान गर्न सकिन्छ ।”
बसको कम्पनीनै थाँहा छैन प्रहरी प्रमुखलाई !
यता नियमनकारी निकाय प्रहरी प्रशासनको समेत उस्तै ताल देखिएको छ । बिहान ७ बजे दुर्घटना भएपनि दिउसो साढे ३ बजे सम्म कुन यातायातको बस दुर्घटनामा परेको समेत खोटाङ प्रहरी प्रमुखलाईनै जानकारी छैन । प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बामदेब गौतमले गाडी नम्बर थाहा भएपनि कुन कम्पनी मार्फत सञ्चालन भएको हो भन्ने बारे एक्किन नभएको बताउँनुभयो ।
यता सवारी आवगमनलाई व्यवस्थीत बाउँने गरि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ नुनथलामा प्रहरी चेकपोष्ट समेत राखिएको छ । उक्त चेकपोष्टमा गाडी इन्ट्रि गर्ने बाहेक अन्य केही नभएको पाईएको छ । नुनथला प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक धनबहादुर सुनुवारले बिहान सवा ६ बजे बस इन्ट्रि भएपनि अरु केही थाहा नभएको बताउँनुभयो ।