सिस्नुपानी नेपालको व्यंग्यत्मक देउसी भैलो (भिडियो सहित)

काठमाडौं : सिस्नुपानी नेपालले यस बर्षपनि समसामयिक विषयमा व्यंग्य कस्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थितिमा विगत बर्षझै यस बर्षपनि देउसी भैलो आयोजना गरेको हो ।
काठमाडौंको प्रज्ञा भवनमा आइतबार साँझ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भिआइपी अरु पनि कति महराहरू होलान् भनी व्यंग्य गरिएको छ ।

सिस्नुपानी नेपालको सो कार्यक्रममा कवि अर्जुन पराजुलीले सहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरूप्रति व्यंग्य गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार